सल्यानबाट गठबन्धनका साझा उम्मेदवार - उपमहासचिब ज्वाला

सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । जस मध्य सल्यानबाट प्रतिनिधि सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट प्रकाश ज्वाला उम्मेदवार बन्ने पक्का भएको हो ।
प्रतिनिधिसभा निर्वाचनमा हालै सल्यानबाट गठबन्धनका साझा उम्मेदवार बन्नुभएका ज्वाला कर्णाली प्रदेश सरकारका अर्थमन्त्री समेत भइसक्नुभएको छ ।बुबा चन्द्र बहादुर साहु र आमा टिकी साहुको कोखबाट वि.स. २०२३ साल मंसिर १२ गते जन्म लिनुभएका ज्वालाले राजनीतिशास्त्रमा एम.ए. र कानुनमा बि.एल. गर्नुभएको छ । साविकको देवस्थल ४ सल्यान र हालको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ देवस्थल सल्यान घर भएका ज्वाला राजनीति सँगै लेखनमा पनि रुचि राख्नुहुन्छ ।
एककाईसाैं शताब्दी समाजवादको शताब्दी (लेख सङ्ग्रह, २०५८), प्रतिनिधि सभामा प्रकाश ज्वाला (संबोधन, २०५९), वैचारिक विचलनको भुमरीमा: माओवादी आन्दोलन, (२०५९ ) जस्ता प्रख्यात कृतिहरु उहाँ द्वारा प्रकाशित भइसकेका छन् । यसका साथै विभिन्न पत्रपत्रिका,मूखपत्र, साहित्यिक प्रकाशनहरुमा विविध विषयका थुप्रै लेख रचनाहरु समेत उहाँ द्वारा प्रकाशित छन् ।
यस्तो छ प्रकाश ज्वालाको राजनीतिक यात्रा :
– अनेरास्ववियु प्रारम्मिभक कमिटी, क्षेत्रीय कमिटी र केन्द्रीय कमिटी सदस्य (२०४२)
– तत्कालीन नेकपा (माले) सुर्खेत जिल्ला पार्टी सक्रिय दलको सदस्य,इ.क. सचिव, जिल्ला संगठन कमिटी सदस्य (२०४४)
– तत्कालीन नेकपा (माले) सल्यान जिल्ला संगठन कमिटी सचिव (२०४७)
– नेकपा (एमाले) सल्यान जिल्ला कमिटी सचिव (२०४८-२०५६)
– सल्यान क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य (२०५६-२०५८)
– प्राकृतिक स्राेत साधन समितिकाे सभापति (२०५६ )
– प्रतिनिधि सभा राज्य व्यवस्था समिति सदस्य ( २०५६-२०५८ )
– नेकपा एमाले रास्ट्रिय परिषद सदस्य (२०५८-५९)
– संविधान सभा सदस्य (२०७०)
– हाल नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी उपमहासचिव, केन्द्रीय संगठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इन्चार्ज ।
ज्वालाले राजदरबारकाे सम्पत्ति छानबिन गरि सरकारकाे स्वमित्वमा ल्याउन मुख्य भुमिका निर्बाह गर्नुभएको थियो । यस्तै संविधान लेखन तथा मस्याैदा समिति सदस्य रहि संविधान लेखनमा समेत महत्त्वपूर्ण भुमिका निर्वाहा गर्नुभएका ज्वाला ०५१ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको थियो ।
०७४ मा प्रदेश सभा सदस्यको आम निर्वाचनमा सल्यान जिल्ला क्षेत्र नम्बर २ एमालेबाट निर्वाचित हुनुभएका ज्वालाले कर्णाली प्रदेश सरकारमा अर्थ मन्त्रि हुँदा सांसद पद त्याग गरेर ओली प्रबृत्तिका विरुद्धमा विद्रोह गर्नुभएको थियो । जसका कारण कर्णालीमा माओवादीको सत्ता जोगिएको थियो भने अहिले नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाइरहेको छ ।