पोखरामा धनराजको जित निश्चित छ - अधिकारी
नेकपा एस निकट युवा संघ नेपाल गन्डकी प्रदेश कमिटीका सचिब सन्तोष अधिकारीले आसन्न स्थानिय तहको निर्वाचनमा पोखरामहानगरपालिकाको मेयर पदमा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यको जित निश्चितभएको बताएका छन्। पोखरामा सत्ता गठवन्धनका सारथी पांचै दल गठवन्धका साझा उम्मेदवारहरुलाइ जिताउन प्रतिवद्द छन्।पांचैदलका नेता कार्यकर्ता सहित उम्मेदवार हरु कस्सिएर घरदैलोमा जुटेका छन्।धनराज कमरेड बिकासप्रेमी, निस्कलंकित, स्वच्छ छवि रभिजन सहितका लोकप्रीय नेता भएकोले उहांबाट पोखरेली जनताले धेरै आशा गरेका छन र त्यो आशालाइ साकार गर्न आचार्य प्रतिवद्दछन, अधिकारीको भनाइ थियो।
देशकै ठूलो भूगोल भएको पोखरा महानगरमा यसपालि सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिश्पर्धा छ । गठबन्धन, एमाले र अन्य दलका उम्मेदवारहरु अहिले चुनावी प्रचारप्रसारमा जुटेका छन् ।गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्य रउपमेयरकी उम्मेदवार कोपिला रानाभाटले महानगरका ग्रामीण क्षेत्रमा विकासको लहर ल्याउने प्रतिवद्धता गरेका छन् ।
उम्मेदवार धनराज आचार्यले कास्कीकोटमा खानेपानी सहज व्यवस्था गर्ने प्रतिवद्धता गरेका छन् । पोखरा २४ कास्कीकोटको चुनावीसभामा आचार्यले कोट, पोखरी र पाटनको सहर पोखराको मौलिकता जोगिने गरी आधुनिक महानगर बनाउने सुनाए । अहिलेकश्यमताल पोखरीमा बदलिएकाले यसको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । महानगरको भूगोल र आवश्यकताअनुसारका योजना बनाएर काम गर्ने उनले उल्लेख गरे ।घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले ठूला योजना नभई मानिसकाआधारभूत आवश्यकतालाई आत्मसात् गर्ने योजना ल्याउन र कार्यान्वयन गर्न आग्रह गरेका थिए । घरमा शुद्ध खानेपानी, छोराछोरीलाईप्रभावकारी शिक्षा, स्वास्थ्य सेवा उपलब्धता लगायतका विकासका योजना स्थानीयले माग गरे ।




