पोखरामा अंग्रेजी नयां वर्ष : ब्यवसाय प्रवर्धनमा आयाम
डा. सीता ढुंगाना, धादिङ
अंग्रेजी बर्ष २०२३ को अन्तिम दिन जस्लाई नयाँ बर्ष इभ पनि भन्ने गरिन्छ, यसै दिन मौकाले पोखरा रहने अवसर जुर्यो । पोखरा पुग्दा दिनको ३ जति बजेको थियो । मौसम न्यानो थियो । वातावरण फेस्टिभ बनिराखेको थियो । अन्यत्रबाट पोखरा आउने गाडी तथा जहाजहरु खचाखच यात्रु ल्याएर ओराल्दै थिएं । कुनै पनि बस तथा जहाजमा खाली सिट थियन । साना कार तथा जिपहरुले तेत्तिकै सडक ढाक्दै थिएं । पोखरा बजार क्षेत्र विशेष गरि लेकसाइड का सडकहरु आन्तरिक तथा बाह्य पर्यटकले ढपक्कै ढाकिसकेको थियो । बोलिमा मीठो सत्कारमा मधुर गुण भएका पोखरेलीहरु पाउनालाइ स्वागत गर्न अफ्नो भएभरको रचनात्मक सिप लागएर उज्यालो चेहराका साथ सडक छेउ होटल रेस्टुराँको गेट तथा चोकहरुमा उभिएका थिएं । यसरी हेर्दा बिहे घरमा ठूलो संख्यामा जन्ती तथा पाहुनाहरु आउँदै छन घरबेटिहरु आफ्नो परम्परागत संस्कार सहित जन्ती तथा पाहुनाहरुको सत्कारमा आतुर छन् भन्ने आभास हुन्थ्यो । बस बिसौनी देखि लेकसाइड सम्मको न्यु एअर इभ मनाउने पुर्बतयारी दृश्य हेर्दै होटल पुगियो । हामी छलफल पनि गर्दै थियौं । देशको अर्थतन्त्र थलिएको भनेको बेलामा पनि पोखराले पर्यटन प्रबर्द्धन मा गरेको यो रचनात्मक मेहनत सर्हानिय छ भन्दै थियौं, हामीलाई पनि होटलले अरु पाउनालाई जस्तै न्यानो स्वागत गर्यो । यो सबै हेर्दा चाडपर्व, संस्कार र संस्कृतिहरु केबल मनोरन्जन मात्र नभएर आर्थिक बिकासका आयाम पनि हुन भन्ने कुरा पोखराको अंग्रेजी नयाँ बर्षले अनुभुति गराएको छ । नेपाल सरकार अर्थमन्त्रालयको 'बजेट दिग्दर्शन २०७९' ले चाडपर्व भाषा तथा सस्कृतीलाई बिकासको विभिन्न ५ क्षेत्र मध्य सामाजिक बिकासमा राखेको छ तर यस्ता संस्कृती जगेर्ना, चाडपर्व एवं उत्सवहरुले आर्थिक बिकास अन्तर्गत अर्थ उपार्जनका आयमहरु थप्दछन् । यस पटक अंग्रेजी नयाँ बर्षको रौनक अन्य शहरमा अनि नदेखिएको त होइन तर पोखराको नयाँ बर्ष मनाउनकै लागि भएको स्वदेशी तथा बिदेशीहरुको यो विशाल उपस्थिति भने पोखरा नै भरिने गरि थियो । पछिलो समय देशमा बढेको आर्थिक मन्दिको प्रभाव नपरेको क्षेत्र सायदै कम होला यस्तो समयमा पनि नयाँ बर्षलाई मनाउने बाहनामा पोखरामा चलेको चहल पहल आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले आनन्दित थियो । कोरोना महामारी पश्चात चुलिएको आर्थिक संकटले थलिएको देशको अर्थन्तन्त्र उठाउन राज्यले निकै प्रयत्नहरु गर्नुपर्ने छ । पोखरा महानगरपालिकाले पर्यटन प्रबर्द्धनको माध्यमबाट अर्थतन्त्र चलायमान गर्न गरिएका प्रयासहरु प्रसंसनिय छ । पोखराले अंग्रेजी नयाँ वर्ष २०२४ लाई यति धुमधामले स्वागत गरिनुलाई सकारात्मक बिभेदको सिद्धान्तले व्याख्या गर्न सकिन्छ । यतिका धेरै मानिसको भिडलाई आत्मीय स्वागत सहित ब्यबसाय प्रबर्द्धन र स्थानीयमा ध्यानाकर्षण गराउने होटल तथा रेस्टुरेन्ट ब्याबसायी हरुको सिपलाई पनि मान्नै पर्छ । लेकसाइडमा हजारौ मानिसहरु उपस्थित भएर नयाँ उत्साहका साथ अंग्रेजी नयाँ वर्ष मनाइउंदै गर्दा थुप्रै ब्यबसायिहरु परिचालित भएको कुराले सांस्कृतिक सामाजिक गतिविधिहरु ब्यबसाय प्रबर्द्धनको आयाम हुन भन्ने कुरा पुष्टि हुन्छ । लेकसाइडको सडकहरु सडक महोत्सवमा राखिएको स्थानीय परिकार र अन्य सामनले भरिभराउ थिए । पोखराको बजारमा अरु समय पाइने र नपाइने समेत सामान सडक महोत्सवमा देख्न पाइन्थ्यो । विभिन्न जात तथा भाषा पहिचानका पोशाक सम्म सडक महोत्सवमा देखिन्थ्यो । महानगरपालिका र बिशुद्द पर्यटन ब्यबसायी आयातीत भन्दा स्थानीय उत्पादनलाई नै प्रबर्द्धनमा लागेको पाइन्थ्यो । नयाँ बर्ष स्वागत गर्न सडकमा ओर्लेका मानिसका ताँती हेर्दा यी यतिका मान्छे किन लावालस्कर लागे होलान् भन्ने प्रश्न उब्जन्थ्यो । रातको १२ बजे बाजा गाजा सहित आकाश फाएरिङ गरेर नयाँ वर्षको भब्य स्वागत भयो । नयाँ वर्षको उत्साह साटासाट गर्न लेकसाइडमा ठेलमठेल भीड लाग्यो। भिड पनि यति कि झन्डै ५ किलोमीटर बाटो मान्छेको मात्र लाइन लागेको दृष्य सांच्चै हेन लायक थियो ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा हरेक वर्ष सडम महोत्सव हुने गर्दछ। रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले ‘सडकमै खाऔं, सडकमै रमाऔं’ नाराका साथ यसपालि २५ औं संस्करणको सडक महोत्सव गरेको हो । यस्ले धेरैको ब्यबसाय चल्ने र नयाँ उत्पादन
हरुको प्रबर्द्धनमा सघाउ पुग्छ । सधैं भन्दा
सडक महोत्सवमा यसपालि अहिलेसम्मकै धेरै पर्यटक आएको छ । अर्थन्त्रका अन्य क्षेत्रहरु अत्यन्तै सुस्त भएका बेला यतिका धेरै पर्यटक महोत्सबमा आउनु सडक मै खानु र सडकमै नयाँ बर्ष मनाउनुले पोखराको होटल तथा ब्यबसाय अर्थात पर्यटन क्षेत्र चलायमान भएको छ ।
डा. ढुंगाना नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं गजुरी गा. पा. धादिङकि पूर्व उप प्रमुख हुन्।




