हप्ताको अन्तिम दिन आज नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं । हप्ताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।
बिहीबार कारोबार बन्द हुँदासम्म नेप्से १९.५६ अंकले घटेको हो । बिहीबार २ अर्ब ९ करोड ३६ लाख १२ हजार बराबरको ५३ लाख ४४ हजार ६ सय १३ कित्ता शेयर ४० हजार ९ सय १२ पटक किनबेच भएको छ ।
बिहीबार ३ सय १५ कम्पनीको शेयर किनबेच हुँदा २७ कम्पनीको शेयर मूल्य बढेको हो । २ सय ११ कम्पनीको शेयर घटेको छ । ६ कम्पनीको शेयर भने स्थिर रहेको हो । बिहीबारको कारोबारमा १३ उपसमूह मध्ये सबै समूहको अवस्था नकारात्मक रहेबो छ ।
सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले, फ्लोट इन्डेक्स १.१४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९७ अंकले घटेको नेप्सेले जनाएको हो ।