गरिब दुखिको आंशु पुछ्दै पोखरेली होम
स्थानीय निर्वाचन २०७९ को पुर्बसन्ध्यामा होम नेपाली र नेकपा एकीकृत समाजबादीका जिल्ला सदस्य चक्र बिक भएर गाउ गाउँमा पार्टी सङ्गठन निर्माणको शिलशिलामा उपस्थित भइ घरदैलो गरेका थिए । सोही क्रममा स्थानीय अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० सिमै निवासी उमेरले ८२ बर्ष नेटो काटेकी बुढी आमाले रुदै आफ्ना कथा ब्यथा सुनाइन । उनले भनिन मेरा आफना आफन्त अर्थात बुढेसकालका सहारा भनेकि घरबाट हेला गरिएकी एउटी अबोला छोरी छन साथमा एक नाति र नातिनी पनि छन । यी दुई नाति नातिनिहरुलाइ सरकारी बिधालयमा पढाउन पनि निक्कै सकस परिरहेको गुनासो हजुर आमाले व्यक्त गरिन । त्यति मात्र कहाँ हो र ओत लागेको ढुङ्गा माटोले बनेको घर चारै तिर छिया छिया परेको छ थाहा छैन कतिबेला भत्कने हो अझ दैला ठेला माथि पुक्क निस्कीएको पोको झरेर मान्छेलाइ नै पुर्ने होकी भन्ने त्रासै त्रासमा छिन ती उमेर पाकेकी बुढी आमा ।।
कति कष्ट दर्द छ त्यो परिवारमा बयान गरि साध्य छैन र पनि बाच्न बिबश छन जिजिबिशाहरु । गरीव दुखिको जीवन अझ त्यसमा पनि उत्पीडित समुदायकी एउटा अध बैसे छोरी न त पढाइ लेखाइ छ न त भएर पनि तोकिएको कुनै जागिर छ । अझ मेलापात जाउ भने पनि बार्हैमासे चल्दैन । दुखका दिन काट्ने रात पर्खने सिवाय अरु केही छैन उनीहरुको । त्यो जर्जर अबस्थालाइ देख्दा मन भक्कानिन्छ र पनि के गर्नु । भनिन्छ जहाँ इक्छ्या त्यहा उपाय भने झै केही न केही सहयोग जुटाउनु पर्छ भन्ने आट पलायो । फलस्वरूप नभन्दै लामो समय स्वास्थ छेत्रमा कार्यरत भइ हाल रिटायर्ड जीवन बिताउनु रहनु भएका राजनीतिकर्मी सामाजिक ब्यक्तितब आदरणीय चेत गुरुङले २ बन्डल टिन सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ उहाको यो सहयोगी मनलाई र्ह्दय देखि सलाम छ । समाजमा कतिपय मान्छेमा अकुत धन छ तर मन छैन ।
जब टिन बुढी आमाको हातमा पर्ने बित्तिकै खुशिका आँसु झार्नु भयो त्यतिबेला हाम्रा पनि आँखा रसाएका थिए ।
होम नेपाली नेकपा एकीकृत समाजवादी कास्की जिल्ला कमिटीका सचिब हुन।




